काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले सिद्धान्त नै नमिल्ने दलहरु मिलेर सरकार बनाएको र आलोपालोको कुरा समेत गरेकाले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताउनुभएको हो ।
उहाले आफ्नो निश्चित घोषित नीति अनुसार दलहरु चल्न नसक्दा अस्थीरता अन्त्य हुन नसकेको धारणा राख्नुभयो । रावलले केन्द्रमा सरकार फेरवदलको असर प्रदेशमा परेका कारण प्रदेशले राम्रोसंग काम गर्न नसकेको जिकिर गर्नुभयो ।
उहाले सहकारी छानविन समितिको प्रतिवेदन सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र सहकारी पिडितलाई ठगि गर्नेबाट असुलउपर गरेर उपलव्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाले अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसंग राष्ट्रिय हितको विषयमा कुनै कुरा गर्न नसकेको टिप्पणी गर्नुभयो ।