डिजिटल लाइसेन्सको नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण

admin

काठमाडौं । वाग्मती प्रदेशको श्रम, रोजगार, तथा यातायात मन्त्रालयले डिजिटल सवारीचालक अनुमतीपत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ ।

शुक्रबार सिंहदरबारस्थीत भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई स्मार्टफोन हस्तान्तरण गर्नुभएको हो ।

नागरिक एपमा रहेको क्युआर सहितको डिजिटल सवारीचालक अनुमतिपत्र रिड गर्नका लागि प्रदेश सरकारले ट्राफिक प्रहरीलाई स्मार्टफोन उपलव्ध गराएको हो । कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री दाहालले यातायात क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाले समयमा नै सवारीचालक अनुमतिपत्रको छपाई हुन नसकेको अवस्थामा अव सम्बन्धीत प्रदेशले नै छपाई गर्ने गरि जिम्मेवारी हस्तान्तरण गरिएको बताउनुभयो ।

त्यस्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरले ट्राफिक प्रहरीको कामकारवाहीलाई सूचनाप्रविधिमैत्री बनाउदै लैजाने बताउनुभयो । उहाले पारदर्शी सेवा सञ्चालन गर्नका लागि डिजिटल सवारीचालक अनुमतीपत्रको नियमन र डिजिटलप्रणालीबाटै कारवाही गरिने जिकिर गर्नुभयो । उहाले राष्ट्रिय परिचय पत्र र यातायात प्रणाली लिङ्क भएको अवस्थामा राष्ट्रिय परिचय पत्रबाट पनि सवारी चालक अनुमतिपत्र देखाउन सकिने जिकिर गर्नुभयो

प्रतिक्रिया