रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

admin

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ का सासद रवि लामिछानेबिरुद्ध प्रदर्शन गर्ने सहकारीपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुदैगर्दा सहकारीपीडितहरुले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पिडीतहरु ब्यानर सहित नारालगाउदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितर बितर पारेको थियो ।

त्यसपछी पनि कार्यक्रम स्थल पुगेका सहकारी पिडीतहरु कार्यक्रमस्थलबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारी पिडीतहरुले भने आफुहरुले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफुहरुमाथि ढुङ्गा प्रहार भएको दावी गरेका छन् ।

साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकिर गर्नुभयो ।

साहारा सहकारी बाट गोर्खा मिडीयामा गएको ६५ करोड के हो ? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने बिषयमा कुरा गर्न आउदा भित्र बाट एक्कासी पिडीत माथी ढुंगा र बोतल प्रहार भएको दुवाडीले बताउनुभयो ।

 

प्रतिक्रिया