काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अन्य दलसंग गठबन्धन गरेर चूनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको भन्दै अव गठबन्धन नगरि चूनाव लड्ने बताउनुभएको हो ।
देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उहाले बताउनुभयो । उहाले प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको बताउनुभयो ।
जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताउनुभयो । अहिलेको सरकार देश र जनताको पक्षमा काम गर्न नभई भ्रष्टाचारीको पक्षमा काम गर्ने सरकार भएको उहाको भनाइ छ । उहाले सरकारको गलत कामको विरोध र प्रतिवाद सडक र सदनबाट गर्ने स्पष्ट पार्नुभयो ।
उहाले सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी गराउने जिकिर गर्नुभयो । प्रचण्डले पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको बताउनुभयो ।