काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल–भेनेभुएला मैत्री संघ को घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कुनै पनि देशले अरु देशको सार्वभौम सत्तामाथि हमला गर्न नहुने र आफुहरु पनि कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताउनुभएको हो ।
उहाले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा नै सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो । देशको स्वाधिनताका पक्षमा सधै अडान दिने भन्दै त्यसलाई अन्य देशले अन्यथा लिन नहुने उहाको भनाइ छ ।
उहाले देशको भूराजनीतिक अवस्थाले उत्पन्न गरेको संवेदनशीलता र चूनौतिहरु धेरै भएकाले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्वन गर्ने, पञ्चशिलको मान्यता र संयुक्त राष्ट्रसंघको वडापत्रलाई मूल आधार बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै अन्य सहभागीहरुले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई थप प्रगाढ गर्नुपर्नेमा जोड दिएका थिए ।