झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

admin

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ ।

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न बितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपतीको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुल्ला गनुपर्ने जिकिर गर्नुभयो । अहिलेको सरकार पूर्णरुपमा फेला भएकाले बिपक्षीमा रहेका दलहरु अघि बढेर काम गर्नुपर्ने उहाको भनाइ छ ।

खनालले मौसमविद्हरुले ठूलो बर्षा हुनसक्ने जानकारी गराउदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको जिकिर गर्नुभयो ।

खनालले सरकारले गरेको लापरवाहीको कारण जनता समस्यामा परेको उल्लेख गर्नुभयो । उहाले प्राकृतिक विपदपछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रीत गरेको बताउनुभयो ।

 

प्रतिक्रिया