गृहमन्त्रीले गरे काभ्रेका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

admin

काठमाडौं : गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

सोमबार बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न. १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको गृहमन्त्री लेखकले स्थलगत निरीक्षण गर्नुभएको हो ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पु¥याएको थियो । मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले बेथानचोक वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपासको क्षेत्रको स्थललगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । सो क्रममा गृहमन्त्री लेखकले तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । राहत र सडक लगाएतका नागरिकका आधारभूत आवश्यकतालाई सहज बनाउने गरि सरकारले काम गरिरहेको उहाले बताउनुभयो ।

बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु, ७१ जना घाइते र ६ जना बेपत्ता छन् । घाइते मध्ये १८ जनाको उपचार भइरहेको छ भने बाँकी डिस्चार्ज भइसकेका छन् ।बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।

 

प्रतिक्रिया