भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

admin

काठमाडौं । हरेक वर्ष दशैंको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरु भएको छ । दुइदिनसम्म चल्ने नेपाल भाषा साहित्य तःमुंज्या व साँंस्कृतिक ब्वज्या सम्मेलनमा राजनितिज्ञ, साहित्यकार, कानुनविद् लगाएत बिज्ञहरुको सहभागिता रहेको छ ।

सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभएको थियो । सम्मेलन हरेक बर्षका दर्शैको द्वादशी र त्रयोदशीका दिन आयोजना हुदै आएको नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय अध्यक्ष आशाकुमार चिक्मबञ्जारले जानकारी दिनुभयो ।

सम्मेलनमा कथा, कविता लगाएतका साहित्य प्रस्तुत हुने र मंगलबार विविध मौलिक सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने उहाले बताउनुभयो ।

स्थानीय कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले हरेक बर्ष नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गर्ने गरिएको नेपाल भाषा साहित्य तःमुंज्याले जनाएको छ ।

प्रतिक्रिया