बालेनले भने : हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ

admin

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा हुनुपर्ने बताउनु भएको छ ।

आज साँझ सामाजिक सञ्जालमा पोष्ट लेख्दै उहाँले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताउनु भएको हो ।

‘गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि,’ उहाँले भन्नुभएको छ, ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दू राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’

प्रतिक्रिया