काठमाडौँ : मेलम्चीको पानी उपत्यकामा ल्याउन सफल भएको खानेपानी मन्त्री प्रदीप यादवले दाबी गर्नुभएको छ ।
खानेपानी मन्त्रालयमा सरकारको नेतृत्व सम्हालेको एक सय दिन पुगेको अवधिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले विभिन्न अवरोधका बाबजुद पनि मेलम्चीको पानी ल्याउन सफल भएको बताउनुभएको हो ।
मुलुकमा केही समय अगाडि वर्षापछि आएको बाढी पहिरोले तहसनहस हुदाँ पनि विचलित नभई काम गरेको उहाँले जिकिर गर्नुभयोे।स्वच्छ खानेपानी वितरण गर्नका लागि जिल्ला जिल्लामा आयोजनाहरु निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो।
खानेपानीको समान पहुँच र वितरणका लागि . स्रोत सुनिश्चित गर्न अर्थमन्त्रालयमा पठाइएको पनि उहाँले बताउनुभयो ।आफुसँग भएको स्रोत साधनलाई प्रभावकारी रुपमा परिचालन गरेको पनि उहाँले जिकिर गर्नुभयो ।
बाढीले क्षति पुत्याएको खानेपानीको पाइपलाईनको मर्मत सम्भार,अनुगमन प्रतिकार्यमा डटेर लागेको उहाँको भनाई छ ।
स्रोत समिति प्राप्त गरेका दुईवटा ठेक्का सम्झौता गरी निमार्णको चरणमा पुगेको बताउँदै उहाँले मेलम्चीको पानी १४ वटा इलाकाबाट सञ्चालन गरी २५ हजार धारामा वितरण गरिएको बताउनुभयो ।
काठमाडौ क्षेत्रको ठमेल क्षेत्रपाटी नरदेवी अनामनगरमा थप ३४.९९ किलोमिटरको कार्यगत परीक्षण गरिएको नियमित रुपमा सञ्चालनका लागि तयार गरिएको बताउनुभयो ।