काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्न सफल भएको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री राणाले देशको विग्रेको अवस्थाबाट सरकार सम्हालेको भन्दै अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गर्न सफल भएको बताउनुभएको हो । उहाले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै भएकाले त्यसअनुसार शतप्रतिशत काम गर्न भने गर्न नसकेको जिकिर गर्नुभयो ।
हालैको बाढीपहिरोपछिको उद्दार, राहत र सडक सञ्जाल छिटै सञ्चालन गर्न सफल भएको उहाले बताउनुभयो । मन्त्री राणाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका काम कारवाहीको सुरुवाती संकेत निकै राम्रो भएको दावी गर्नुभयो ।
उहाले कानूनी प्रक्रियाका आधारमा सहकारी प्रकरणमा छानविन भएको बताउनुभयो ।