रवि लामिछानेको तिहार हिरासतमै

admin

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

त्यस्तै अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएसंगै पोखरामा रास्वपाका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।

उनीहरुले निषेधीत क्षेत्र समेत तोड्न खोजेका थिए । लामिछानेलाई अदालत पेश गर्दा रास्वपा समर्थकले धर्ना सहितको प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया