मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौँः वनमन्त्री ठकुरी

admin

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो वन व्यवस्थापनको मापदण्ड तयार भएको जानकारी दिनुभएको छ ।

मन्त्रालय सम्हालेको सय दिनमा गरेका कामका बारेमा जानकारी दिन बिहीबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै मन्त्री ठकुरीले दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने काम सम्पन्न भएको जानकारी दिनुभएको हो ।

आफ्नो कार्यकालमा सामुदायिक वन व्यवस्थापनलाई सहजीकरण गर्ने गरि मार्गदर्शन तयार गरिएको उहाले बताउनुभयो । मन्त्री ठकुरीले बँदेलाई कृषि हानिकारक बन्यजन्तु घोषणा गरिसकेको र रातो बाँदरको हकमा प्रतिवेदन तयार भइ स्वीकृतिको क्रममा रहेको उल्लेख गर्नुभयो ।

कार्वन व्यापारमा निजि क्षेत्र समेत समावेश गर्ने गरि वातावरण संरक्षण नियमावली २०७७ संशोधनको अन्तिम चरणमा पुगेको उहाले बताउनुभयो । यस्तै मन्त्री ठकुरीले राष्ट्रिय बाँस तथा बेत बिकास रणनीति २०८१ र बाह्य मिचाहा प्रजाती नियन्त्रण रणनीति २०८१ तयार गरिएको उल्लेख गर्नुभयो ।

चालू आर्थिक बर्षको आश्वीन मसान्तसम्ममा ११ वटा विकास आयोजनाहरुलाई केहि हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र ४४ हजार २ सय ७७ वटा रुख हटाउन स्वीकृति दिइएको उहाले बताउनुभयो ।

उहाले सिमित स्रोत र साधन तथा दक्ष जनशक्तिको अभावका बाबजुत मन्त्रालयले वन संरक्षण तथा व्यवस्थापन, जैविक विविधता तथा संरक्षित क्षेत्र व्यवस्थापन, भू–संरक्षण तथा जलाधार व्यवस्थापन लगाएतका क्षेत्र धेरै महत्वपूर्ण काम भएको जानकारी दिनुभयो

प्रतिक्रिया