कस्तो रहला आजको मौसम ?

admin

काठमाडौं । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात “दाना”को आंशिक प्रभाव समेत रहेको छ ।

कोशी प्रदेशमा आंशिकदेखी साधारणतया बदली र बांकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखी साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखी मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया