जीप दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

admin

काठमाडौं । दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जीप आज बिहान तीन बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा सडकबाट खसेको हो ।

दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–६ का १९ वर्षीय सुरेश खड्काको ज्यान गएको इलाका प्रहरीका कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

घाइते तीन जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको पनि प्रहरी निरीक्षक थापाले बताउनुभएको छ ।

प्रतिक्रिया