साफ महिला फुटबल : नेपाल-बंगलादेश फाइनल खेलको टिकट एन्फाले नै बेच्ने

admin

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट आफैले बिक्रि गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले सुरक्षाका कारणले फाइनल खेलको टिकट आफैले बिक्रि गर्ने निर्णय गरिएको जनाएको हो ।

बुधबार नै जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीको स्थिति आर्मी हेडक्वाटरको गेट बाहिर विक्री गरिने एन्फाले जनाएको छ ।

सअघि नेपाल र भारतबीचको सेमिफाइनल खेलको टिकट सिट संख्या भन्दा बढि बिक्रि गरिएको पाइएको एन्फा प्रवक्ता सुरेश शाहले बताउनुभयो ।

माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो ।

एन्फाले फाइनलका लागि उक्त कम्पनीले बिक्रि गरेको टिकट रद्द गर्दै टिकटको रकम फिर्ता गर्न भनिसकेको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

एन्फाले साधारणतर्फ ११ हजारको संख्या र र भिआइपी १ हजार मात्र टिकट विक्री गरिने जानकारी दिएको छ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजे सुरु हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया