आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छ: शंकर पोखरेल

admin

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक स्थायीत्वका लागि ठूला दलबीच सहकार्य भएको बताउनुभएको छ ।

मंगलबार विराटनगरमा संचारकर्र्मीहरु संग कुरा गर्दै महासचिव पोखरेलले जनताको म्याण्डेट विपरित साना दलहरुले शासन गर्ने गरेकाले ठूलादलबीच राजनैतिक स्थायीत्वका लागि सहकार्य भएको बताउनुभएको हो ।

महासचिव पोखरेलले म्याजिक नम्बर भन्दै साना दलले शासन गर्ने प्रवृति रोक्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाले संविधान संसोधन र आर्थिक सुधारलाई मुख्य एजेण्डा बनाएर एमाले र कांग्रेसले सरकार बनाएको जिकिर गर्नुभयो ।

महासचिव पोखरेलले २०८४ को निर्वाचन अघि संविधान संसोधनको काम सम्पन्न गरिने बताउनुभयो । संविधान संसोधनका लागि अन्य दलहरु संग चाडै नै छलफल गरिने उहाको भनाइ छ ।

प्रतिक्रिया