१५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काट्छौं : कुलमान

admin

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र वक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नका लागि महशुल नबुझाएका उद्योगहरुको लाइन पुन जडान गरेको भन्दै अबको १५ दिनभित्र वक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभएको हो । यसअघि पनि बक्यौता नतिरेकैका कारण कानुन बमोजिम लाइन काटेको भन्दै उहाले अहिले मन्त्रिपरिषदको निर्णयअनुसार अघि बढेको उहाले बताउनुभयो ।

ट्रक तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा प्राधिकरणले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको अवस्थामा उद्योगीहरुले बक्यौता तिर्नेपर्ने उहाले बताउनुभयो । उहाले अब ट्रक तथा डेडिकेटेड विद्युत् महसुल दिर्घकालीन रुपमा नै समाधान हुनुपर्ने धारणा राख्नुभयो ।

ट्रक तथा डेडिकेटेड विद्युत् महशुसको बिषय सरकार, प्राधिकरणमात्रै नभइ आमजनसरोकारको बिषय भएको उहाको भनाइ छ ।

घिसिङले बिभिन्न समस्याका कारण अहिले अन्य विधुत महसुल उठाउन पनि समस्या देखिएकाले यसले समग्र प्राधिकरणको आर्थिक प्रणालीमा असर पर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले विद्युत महशुल तिर्नका लागि आनकानी गर्दै केहि उद्योगीहरुले यसलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया