काभ्रेमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

admin

काभ्रे । पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडाको मुनि रोटेपिङ जाने सडकमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा २ ख २२०२ को मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक स्थानीय ४० वर्षीय कुमार रोक्का र २७ वर्षीय निकेश रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचखाल-१३ का वडा अध्यक्ष सुकबीर तामाङका अनुसार बालुवा बोक्ने काम सकेर चालक ट्रक लिएर घरतर्फ फर्किँदै थिए ।

प्रतिक्रिया