काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने दावी गर्नुभएको छ ।
आइतबार किर्तिपुर नगरको प्रमुख पदका आफ्ना पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले देशभरको तथ्य हेर्दा उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने देखिएको बताउनुभएको हो ।
मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उहाले अधिकांश स्थानमा कांग्रसकै जीत हुने जिकिर गर्नुभयो । उहाले अहिलेको लोकतान्त्रीक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दवाव दिन पनि मतदाताले कांग्रेस उम्मेदवारलाई जिताउने उल्लेख गर्नुभयो ।