काठमाडौं । इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन अन्तराष्ट्रिय खेलाडी अविरल घिमिरे नेपाल आउनुभएको छ ।
बिहीबार काठमाडौं आउनुभएका घिमिरेलाई चन्द्रागिरी नगरपालीका लगाएत समर्थकहरुले त्रिभुवन बिमानस्थलमा नेवारी बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।
हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सिङ खेलाडी घिमिरे जापानको नागोया सहरमा बस्दै आउनुभएको छ । नेपाल बसाइका क्रममा उहाले आफ्ना अनुभवहरु खेलाडीलाई आदानप्रदान गर्ने बताइएको छ ।
काठमाडौं आएपछि घिमिरेले ६ बर्षपछि नेपाल आउदा निकै खुसी महशुस भएको बताउनुभयो । उहाले हरेक खेलमा चूनौति हुने भएकाले त्यसलाई सामना गर्न आफु तयार रहेको जिकिर गर्नुभयो । घिमिरेले आफु आफ्ना पिता तथा मुख्य प्रशिक्षक देव घिमिरेसंग प्रशिक्षण लिइरहेको जानकारी दिनुभयो ।