सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ

admin

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

मंगलबार साँझ सिंहदरवारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । श्रेष्ठलाई सपथ खुवाउदै अर्थमन्त्री पौडेलले खुल्ला प्रतिष्पर्धाका आधारमा बोर्डको अध्यक्षलाई चयन गरेको भन्दै पूजीबजारमा रहेका समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चयन भएसंगै बोर्डले गतिशिल ढंगले काम गर्ने उहाले बताउनुभयो ।

त्यस्तै सपथपछि श्रेष्ठले पूजीबजारलाई चलाउनमान बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताहरुको मनोवल उच्च बनाउन भूमिका खेल्ने बताउनुभयो ।

श्रेष्ठलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । मुक्ती प्रतिष्पार्धाका आधारमा उहालाई चारवर्षका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया