काठमाडौं । मंसिर १५ देखि शुरु हुने नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताका लागि विराटनगर किंग्सले आफ्नो तयारी पूरा भएको जनाएको छ ।
विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी विराटनगर किंग्सका मालिक एवम् पूर्व क्रिकेट खेलाडी पारस लुनियाले आफुहरुले खेलाडी छनौट गरेको नभई कोचहरु र मार्की खेलाडी सन्दिप लामिछानेले खेलाडीहरु छानेको जानकारी दिए ।
उनले आफुहरुले एनपिएलमा कोशी प्रदेशको नाम राख्ने गरी खेल खेल्ने र यस लिगले खेलाडी उत्पादनमा निकै सहयोग पुर्याउने बताए ।
उहाँले एनपिएल एक किसिमको व्यापार भएको र यसबाट मुलुक मात्र होइन क्रिकेट एशोसिएशन र क्रिकेट खेलाडीहरुलाई फाइदा पुग्ने जिकिर गरे ।
विराटनगर किंग्सका खेलाडीहरुले विराटनगर वडा नं. ६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा प्रशिक्षण लिएका थिए ।
उनीहरु प्रतिस्पर्धाका लागि बुधवार राजधानी काठमाण्डौ जादैछन् । ५ जना विदेशी खेलाडी सहित ट्यालेण्ट हण्टबाट छानिएका ३ जना खेलाडीहरु समेत समावेश गरेर विराटनगर किंग्सको क्रिकेट टिम बनाइएको प्रशिक्षक दीपेन्द्र चौधरीले जानकारी दिए । एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ड्स संग प्रतिस्पर्धा गर्दैछ ।