काठमाडौं, २२ मंसिर । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको एकसाताभित्र भुक्तानी भइसक्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजना गरेको विकास बजेटको परिचालन सरकार र निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले आइतबारबाटै निर्माण व्यवसायीकोे बक्यौता भुक्तानी सुरु हुने र ढिलोमा एकसाताभित्रै सवैको भुक्तानी भइसक्ने बताउनुभएको हो । भुक्तानीमा केहि समस्या देखि आफुसमक्ष आउन आग्रह गर्दै अर्थमन्त्री पौडेलले उचित निकास निकाल्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाले निर्माणको क्षेत्रमा देखिएको समस्या एक अर्कालाई देखाएर समाधान नहुने उल्लेख गर्नुभयो । अर्थमन्त्री पौडेलले संघीय सरकार अन्तर्गतको बिकासे आयोजनाहरुको बजेटमा हेर्दा सन्तोषजनक नरहेको भन्दै बजेट निर्माणको प्रक्रियामा सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले केहि सिमेन्ट कम्पनीहरुले बोरामै दुई सय रुपैया मूल्य बृद्धि गरेको र उद्योगीहरुले सिमेन्टमा कार्टेलिङ गरेको बताउनुभयो । सिमेन्ट मूल्य बृद्धि गर्नुको कारणबारे सरकारले अध्यययन गर्नुपर्ने उहाले बताउनुभयो ।उहाले निर्माण व्यवसायीहरुको भूक्तानी समयमा नै हुन नसकेकाले ऋण तिर्न नसकेकाले समयमा नै भूक्तानी गर्न आग्रह गर्नुभयो ।