काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको बताउनुभएको छ ।
शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउबाले राजनैतिक स्थायीत्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धन बनाइएकाले यसलाई २०८४ सम्म निरन्तरता दिइने समेत बताउनुभयो ।
उहाले नेपालले कुनै पनि मुलुक संग ऋण लिन नहुने जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेकोमा धन्यवाद समेत दिनुभयो । सभापति देउबाले वडा वडामा पार्टीको संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै प्रदेश सम्मेलनबाट आएका सुझाव र मार्गदर्शनहरुलाई केन्द्रिय समितिमा लगेर छलफल गराइने जानकारी दिनुभयो ।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले संविधान संसोधनको प्रक्रिया शुरु भईसकेकोले भ्रम र्छर्ने कार्य नगर्न आग्रह गर्नुभयो । सरकारले विधिको शासन कायम गर्न लाग्नुपर्ने बताउदै अपराध र भ्रष्टाचार गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउनै पर्ने उहाले बताउनुभयो । थापाले बिआरआईको सम्झौता बारे अनावश्यक भ्रम र आक्षेप आएकाले संसदमा लगेर छलफल गराउनुपर्ने प्रष्ट पार्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिले आयोजना गरेको सम्मेलनमा सहभागि केन्द्रिय नेताहरुले पार्टीलाई एक जुट र एकतावद्ध बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्ने जिकिर गरेका थिए । अहिले पनि पार्टीर्भित्र गुट उपगुटको झगडा रहेकाले पार्टीनेर्तृत्वले पार्टीलार्ई एकताबद्ध बनाउन योजना ल्याउनुपर्ने बताएका थिए ।