काठमाडौं, २३ मंसिर । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसंग आफ्नो दूरी बढेको भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
आइतबार काठमाडौंमा फोटोपत्रकार क्लवले आयोजना गरेको पावरिङ नेपाल ऊर्जा क्षेत्रमा एशियाली बिकास बैंक–नेपाल साभेदारीको पाँच दशक शीर्षकको फोटो प्रदर्शनीको अवलोकन गर्दै पौडेलले प्रधानमन्त्रीसंग आफ्नो दूरी बढेको बिषयमा प्रतिक्रिया दिनका लागि योग्य समाचार नभएको समेत बताउनुभयो । उहाले सस्तो अविश्वसनीय समाचारले कसैलाई फाइदा नगर्ने उल्लेख गर्नुभयो ।
पौडेलले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको र उपलव्धीपूर्ण रहेको उल्लेख गर्नुभयो । नेपालको दिर्घकालीन बिकास र छिमेकीको सम्बन्धका साथै नेपालको विदेशनीतिको दृष्टिकोणले पनि प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको उहाको भनाइ छ ।
उहाले चीन भ्रमणका प्रत्येक कुरामा सत्ताधारी दलबीच खुलस्त छलफल भएको र साझा दृष्टिकोणका आधारमा अघि बढिएको बताउनुभयो ।
त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रका क्षेत्रमा देखिएको समस्या हल गरेका कारण अर्थतन्त्रमा क्रमश गति आउन सुरु गरेको जानकारी दिनुभयो । उहाले बैंकको तरलतालाई उत्पादन र रोगजारी सिर्जनाका लागि प्रयोग गर्ने सोच बनाएको उल्लेख गर्नुभयो ।