रवि लामिछाने माथिको अनुसन्धान प्रभावित बनाउन खोजियो: गृहमन्त्री लेखक

admin

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाइ प्रभावित गर्ने काम भइरहेको बताउनुभएको छ ।

मंगलबार सुर्खेतमा पत्रकारहरुसंग कुरा गर्दै लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकीलको कार्यालय घेर्ने काम भएको र अनुसन्धानलाई प्रभावित पार्न खोजिएको बताउनुभएको हो ।

उहाले सवैको मानवअधिकारको प्रश्नमा सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो । न्यायीक प्रभावित गर्ने ढंगले कसैले बोलेको गलत भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण भएको उहाको भनाइ छ ।

उहाले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक भएको धारणा राख्नुभयो । गृहमन्त्री लेखकले एमाले–कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको र सहमति अनुसार नै वर्तमान सरकार अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया