काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक अभावको कारण देखाउदै रंगशाला बनाउने काम छाडेपछि रगंशाला अलपत्रमा परेको थियो । लामो समय अलपत्रमा परेको उक्त रगशाला भरतपुर महानगर पालिकाको पहलमा संघीय सरकार, बागमती प्रदेश सरकार र भरतपुर महानगरबीचको सहकार्यमा धमाधम निर्माण भइरहेको छ । उक्त रंगशालाको काम २०८१ असार २३ गते देखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले काम शुरु गरेको थियो । उक्त कम्पनीले ७८ करोड ५० लाख ९१ हजार लागतमा रंगशाला निर्माण गरि रहेको छ ।
रंगशालाको लागि बागमती प्रदेश सरकार वाट ७५ करोड र भरतपुर महानगर पालिकाको ५ करोड रुपैया बाट रगशालाको काम अगाडि बढाईएको छ भने सघिय सरकारले पनि रंगशाला निर्माणको लागि बजेट बिनियोजन गरेको छ । निर्माण शुरु भएको ५ महिनामा भएको प्रगतिले तोकिएको समयभित्रै निर्माण सकिने देखिएको आयोजनाका प्रोजेक्ट म्यानेजर बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
रंगशालामा दैनिक १ सय ५० देखि १ सय ७५ जना कामदारवाट काम भई रहेको उहाले बताउनु भयो । निर्माण शुरु भएको ५ महिनामा करीब १३ प्रतिशत काम सम्पन्न भई सकेको र अहिले २ वटा टावर दर्शक बस्ने स्ट्याण्ड र खेल मैदान बनाउने काम भई रहेको ईन्जीनीयर रन्जीत शाहले बताउनुभयो ।
चितवनको भरतपुर महानगर पालिका १५ रामपुरमा निर्माण भई रहेको रंगशालाको खेल मैदानमा दर्शक बस्ने ३ तहको प्याराफिट र भिआईपी टावर तथा खेलाडीहरु बस्ने टावर निर्माण गरिने शाहले जानकारी दिनुभयो ।