सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा

admin

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा हुनुभएको छ । व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरी हिरासतमा रहनुभएका प्रसाईंलाई सर्वोच्चले रिहा गर्न आदेश दिएपछि उहाँ रिहा हुनुभएको हो ।

शुक्रबार नै न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा हुनुभएका प्रसाईँले आफु सदैव तस्करबिरुद्धको लडाई जारी रहने बताउनुभयो । उहाले आफुलाई अदालतले न्याय दिएको बताउनुभयो । त्यस्तै उहाले अव आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्की दिएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

प्रतिक्रिया