काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
अहिले दुई तिहाईको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उहाले बताउनुभयो । उहाले पचासौं वर्षदेखि जग्गा कव्जा हुँदा पनि सरकारबाट आश्वासनमात्रै प्रापत भएको धारणा राख्नुभयो । कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उहाले स्थानीयहरुलाई सुझाव दिनुभयो ।
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नवढे कहिल्यै समस्या समाधान नहुने उहाले बताउनुभयो ।
शाहले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्रिबितरण गर्न सुझाव दिनुभयो । कोटेश्वर महोत्सव दुई दिनसम्म चल्नेछ ।