काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवं कांग्रेस नेता पिएल सिंहको १३ औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धान्जली सभामा देउवाले अग्रज नेताहरुले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरा कामहरुलाई अघि बढाउन उनीहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रीत हुनुपर्ने बताउनुभएको हो ।
सभापति देउवाले स्वर्गीयपिएल सिंहले जनताको सेवाका लागि गर्नुभएका कामहरुको स्मरणा गर्नुभयो ।
पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उहाले पिएल सिंहले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राख्नुभयो ।
त्यस्तै अन्य कांग्रेस नेताहरुले पिएल सिंहको योगदानको स्मरण गरेका थिए । समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुष १ गते निधन भएको थियो ।