नेपालको खेलकुद क्षेत्रको बिकासमा पार्टीले ध्यान दिन्छ :सभापति देउवा

admin

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको खेलकुद क्षेत्रको बिकासमा पार्टीले ध्यान दिने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले खेलकुद जगतलाई कांग्रेसले महत्वका साथ हेरेको भन्दै यस क्षेत्रको बिकासमा ध्यान दिने बताउनुभएको हो ।

उहाले हरेक युवाहरुलाई खेल क्षेत्रमा जोड्न सके खेलको पनि बिकास हुने धारणा राख्नुभयो । देउवाले बिभिन्न रनिङ् शिल्डलाई पनि प्रभावकारी ढंगले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । ओलम्पीक कमिटीमा देखिएको विवाद उचित नभएको भन्दे उहाले अदालतको आदेश सवैले मान्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजक एवं कांग्रेस सांसद मोहन बहादुर बस्नेतले देशलाई चिनाउनका लागि खेलकुदको धेरै योगदान रहेपनि खेल क्षेत्रको उचित बिकास हुन नसकेको बताउनुभयो ।

उहाले खेलकुदको क्षेत्रमा भएको बजेट न्यून रहेकाले यसलाई बढाउनका लागि पार्टीले पनि पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाले सवै तहका खेल क्षेत्रमा केहि न केहि रकम छुट्टाएको अवस्थामा सवैले आ–आफ्नो ठाँउबाट पनि खेल क्षेत्रलाई अघि बढाउन भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया