काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७, रिद्धिसिद्धि बसपार्क नजिक गएराति गोली चलेको छ । गएराति करिब १०:३० बजे गोली चलेको प्रहरीले जनाएको छ ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ निवासी साहिर शंकरले अर्जुन श्रेष्ठको घरभित्र प्रवेश गरी पेस्तोल चलाउँदा दुई जना घाइते भएका छन् । घटनामा घरधनी अर्जुन श्रेष्ठ र उनकी श्रीमती शान्ति देवी श्रेष्ठ घाइते भएका छन् । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले शंकरलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएका छन् । शंकरको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसिइबीका कारण घटना भएको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।