काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको बताउनुभएको छ ।
सुदूरपश्चिम कलाकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको पुस १५ विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।
उहाँले पुस १५ लाई सुदूरपश्चिमले ठुलो पर्वको रूपमा मनाउने गरेको स्मरण गर्दै यसपर्वलाई रात छोटा र दिन लामा हुनुका साथै चिसो मौसम अन्त्य भएर न्यायो मौसमको सुरूवातको रूपमा मनाउने गरेको बताउनु भयो मन्त्री पाण्डेले पछिल्लो पुस्ता मेहनतका कारण दूरदराजका कला संस्कृतिहरूको उजागर र संरक्षणमा टेवा पुगको बताउनु भयो ।
उहाँले सुदूरपश्चिमेली कलाकारहरूले गुणस्तरीय गीत मार्फत आफ्नो क्षेत्रका विविध पक्षको उजार गर्ने गरेको समेत बताउनु भयो ।
उक्त समारोहमा देउडा सम्राट एवम् नेपाली राष्ट्रिय गान छनौट समितिका सदस्य नन्दकृष्ण जोशी लगायतका दर्जनौ कलाकारहरूले आफ्नो प्रस्तुति ,छलिया नाच,देउडन नाच समेत प्रस्तुत गरेका थिए ।