नागरिक उड्डयनसम्बन्धी ऐन बनाउन खोज्दा कोहि पनि संशकित हुन पर्दैन : मन्त्री पाण्डे

admin

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनसम्बन्धी ऐन बनाउन खोज्दा कोहि पनि संशकित हुन नपर्ने बताउनुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पाण्डे नागरिक उड्डयन क्षेत्रलाई व्यवस्थीतका साथै नेपालको हवाई क्षेत्रलाई विश्वसनिय बनाउन आवश्यक ऐन–कानून बनाउन लागेको भन्दै कोहि पनि संशकित हुनुनपर्ने बताउनुभएको हो । ऐन अनुसार बनेका निकायहरुलाई आत्मनिर्भर भएर त्यस क्षेत्रमा सवल बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको उहाले बताउनुभयो ।

मन्त्री पाण्डेले बिमानस्थलका बिषयमा आएका सुझाव, गुनासो लगाएत सम्बोधन गर्ने काम प्राधिकरणको रहेको भन्दै सवै अभिभारा पुरा गर्नका लागि सक्षम हुनुपर्ने धारणा राख्नुभयो । बिकट स्थानमा नियमित उडानका लागि निगमको बिमान प्रयाप्त नरहेकाले त्यस बिषयमा पनि मन्त्रालयले आवश्यक योजना बनाइरहेको उहाको भनाइ छ । उहाले अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुसंगको सहकार्य, नियमन र नेपालको कानून अनुसार चल्ने वातावरण बनाउने कोशीस भइरहेको धारणा राख्नुभयो ।

त्यस्तै प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले हवाई उडानको अधिकार प्राधिकरणलाई मात्रै रहेकाले स्थानीय तह, राष्ट्रिय निकुञ्जले उडान र अवतरणमा समस्या सिर्जना गर्न खोजेको गुनासो गर्नुभयो । उहाले प्राधिकरणले केहि राम्रो गर्न खोजेको भन्दै राम्रो कामको सवैले साथ दिनुपर्ने बताउनुभयो । अधिकारीले काठमाडौंको त्रिभुवन बिमानस्थलको क्षमता बढाउनका लागि विस्तारको काम भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उहाले सन् २०२४ को नोभेम्बरसम्म देशका बिभिन्न बिमानस्थलमार्फत ४४ लाख ४९ हजार भन्दा बढिले अन्तराष्ट्रिय यात्रा गरेको बताउनुभयो । त्यस्तै आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजारले यात्रा गरेका छन् । गत बर्षको तुलनामा यस बर्ष हवाइ यात्रा गर्नेको संख्यामा बृद्धि भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया