काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत कामहरु भइरहेको बताउनुभएको छ ।
शिक्षा क्षेत्रको सुधारका लागि माइतिघरमा धर्नामा बसेका विद्यार्थीहरुमाझ मन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि ऐन कानून निर्माण देखि बिभिन्न नीतिगत कामहरु भइरहेको बताउनुभएको हो ।
उहाले तीन तहबीच समन्वयका आधारमा मात्रै शिक्षा सुधार गर्न सकिने धारणा राख्नुभयो । मन्त्रालयले बिभिन्न शीर्षकमा स्थानीय तहमा बजेट पठाएपछि पालीकामा शिक्षा कोष र योजना हुन नसक्दा समस्या भएको उहाले बताउनुभयो ।
उहाले बजेट बनाइसकेपछि आफु मन्त्रालयमा आएकाले आफ्नो भिजन बजेटमा राख्न नसकेकाले आगामी बजेटमाा स्पष्ट भिजनसहितको बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाउनुभयो । यो बर्ष कार्यान्वयनमा नरहेका कार्यक्रमको बजेट प्रकोपबाट प्रभावित बिद्यालयमा केन्द्रीत गरेको उहाले बताउनुभयो ।
उहाले शिक्षा सुधारको माग गर्दै निरन्तर माइतिघरमा धर्ना दिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाई लगाएतलाई आन्दोलन स्थगीत गर्न आग्रम समेत गर्नुभयो ।