माओवादीलाई तह लगाउन शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाइएन

admin

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन दवाव सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल बिषयक कार्यक्रममा प्रचण्डले केहि राजनीतिक दलहरु शान्ति प्रक्रिया टुङ्ग्याउने पक्षमा नदेखिएको भन्दै दवाव सिर्जना गर्नुपर्ने बताउनुभएको हो ।

सडकबाट दवाव भएर अवपनि शान्ति प्रक्रिया नटुंग्याए समस्या हुन्छ भन्ने नपारे अवको १८ बर्षसम्मपनि शान्ति प्रक्रिया टुंगन नसक्ने खतरा देखिएको प्रचण्डले बताउनुभयो । उहाले एकतावद्ध भएर शान्तिपूर्ण ढंगलले राजनीतिक नेतृत्वलाई दवाब बनाइराख्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।

प्रचण्डले माओवादीलाई सिद्धाउनका लागि शान्ति प्रक्रियालाई नै रोक्ने प्रवृति देखिएको उल्लेख गर्नुभयो । प्रचण्डले राजनीतिक कारणले नै शान्ति प्रक्रिया टुंग्याउन कठिन भएको धारणा समेत राख्नुभयो ।

त्यस्तै उहाले पीडितहरुको साथमा आफु र माओवादी सदैव रहने स्पष्ट पार्नुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आफुले कांग्रेस र एमालेसंग छलफल गर्ने उहाको भनाइ छ ।

प्रतिक्रिया