एमाले कुनै पार्टीसँग एकता गर्दैन: प्रधानमन्त्री केपी ओली

admin

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कुनै पार्टीसंग एकता नगर्ने स्पष्ट पार्नुभएको छ ।

अनेरास्ववियुुले आशन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा बिहीबार च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले एमालेले अरु कुनै पार्टीसंग एकताको पहल नगर्ने तर मर्ज हुन आउने पार्टीलाई स्वागत गर्ने बताउनुभएको हो ।

एकीकरणका नाममा पदमा निकै लफडा हुने गरेको भन्दै उहाले एमालेको नीति निर्णयलाई स्वीकार गर्नेलाई मात्रै भित्राउने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्तिको निर्माणको दिशामा अग्रसर भएको उल्लेख गर्नुभयो । एमालेलाई सिध्याउँदै भन्नेहरुलाई पनि आफूहरुले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको उहाले बताउनुभयो ।

उहाले आशन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गर्नुभयो ।

 

प्रतिक्रिया