ओली संविधान संशोधन नै नगर्ने दाउमा छन् :राजेन्द्र लिङ्देन

admin

काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओली संविधान संशोधन नै नगर्ने दाउमा रहेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंगको छलफलपछि बाहिरिने क्रममा लिङ्देनले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सुन्दा संविधान संशोधन नै नगर्ने दाउमा रहेको देखिएको बताउनुभएको हो ।

बर्तमान सरकार निर्माणको प्रक्रियामा संविधान संशोधन गर्ने सहमति अहिले हावादारी कुरामा मात्रै सिमित हुने देखिएको उहाले बताउनुभयो । उहाले देश नबन्नुपर्ने कुनै कारण नरहेको भन्दै देशको नेतृत्व र अहिलेको व्यवस्था देश बन्न नसकेकाले यसलाई परिवर्तन गर्न संविधान संशोधन अपरिहार्य रहेको धारणा राख्नुभयो ।

उहाले पृथ्वी दिवसको कार्यक्रमको निम्तो दिन प्रचण्ड र माधव नेपालसंग भेट गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया