काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजिविकाका बिषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दवाव दिने बताउनुभएको छ ।
शनिबार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले बामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउ ल्याउने प्रयास भइरहेको भन्दै सवैलाई एकतावद्ध गरेर राष्ट्रियता, जनजिविका लगाएतका बिषयलाई उचित ढंगले अघि बढाउन राज्यलाई दवाव दिने बताउनुभयो ।
अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशिल बनाएर समाजवादी, बामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउ ल्याउने प्रयास भइरहेको धारणा राख्नुभयो ।
उहाले बिचार मिले संगै अघि बढ्न सकिने र बिचार मिल्न बाकी रहे सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो । सत्ताको फेरबदलसंगै समाजवादी मोर्चा सक्रिय ढंगले अघि बढ्न नसकेकाले पुन सक्रिय बनाउन खोजेको उहाले बताउनुभयो ।
अध्यक्ष नेपालले राजनीतिमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा निराश नभइ महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरि लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।