काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनका कारण आर्थिक तथा सामाजिक समस्या सिर्जना हुनसक्ने भएकाले सजक हुनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा काठमाडौं विश्वविद्यालयले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालमा जलवायु परिवर्तनको असर देखिन थालेकाले यसका कारण हुन सक्ने आर्थिक तथा सामाजिक समस्याप्रति सहज हुनुपर्ने बताउनुभएको हो ।
जलवायु परिवर्तन कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा भएकाले सवै मिलेर समाधानका प्रयास खोज्नुपर्ने उहाले बताउनुभयो ।
उहाले आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा जलवायु परिवर्तनले पार्न सक्ने असरवारे नेपालले सधै अन्तराष्ट्रिय मञ्चहरुमा आफ्नो धारणा प्रस्तुत गर्दै आएको धारणा राख्नुभयो । उहाले पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरि जलवायुमैत्री विकास प्रक्रियालाई अघि बढाउनुपर्ने आजको आवश्यता रहेको बताउनुभयो ।