काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयको संसदको अधिवेशन चाडै आह्वान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
३०३ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख घिमिरेले संघीयको संसदको अधिवेशन बस्ने समय भइसकेको भन्दै चाडै अधिवेशन आह्वान हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइ नसकेकाले जानकारी नभएको उहाले बताउनुभयो । त्यस्तै उहाले पृथ्वी नारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तीत्वमा रहेको भन्दै नेपाललाई थप एकतावद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।