यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

admin

काठमाडौं । सरकारले मुलुक र जनताको हितका लागि संवैधानिक तवरले अध्यादेश ल्याइएको स्पष्ट पारेको छ ।

पुष १६ गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्राप्त उपलव्धीलाई संस्थागत गर्दै मुलुकलाई सुशासनतर्फ अघि बढाउन सरकारले संवैधानिक तवरले अध्यादेश ल्याइएको स्पष्ट पार्नुभयो ।

सरकारले सिफारिस गरेका अध्यादेशबारे जानकारी गराउदै प्रवक्ता गुरुङले सरकारले माघ ११ देखि १५ गते सम्म संसद आह्वान गर्ने तयारी गरेको अवस्थामा अध्यादेश सदनमा प्रस्तुत गर्ने र थप छलफल गर्ने बताउनुभयो । उहाले सरकार संसदबाट भाग्न खोजेको आरोप उचित नभएको भन्दै संसद कुर्दा ढिला हुने भएकाले अध्यादेश सिफारिस गरिएको जानकारी दिनुभयो ।

त्यस्तै प्रवक्ता गुरुङले पुष १६ गते बसेको मन्त्रीपरिषद्ले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने करिव १ अर्व ६३ करोड रुपैया बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै बैठकले नागरिक लगानी कोषको चुक्ता पूँजी बृद्धि गरि रु ६ अर्व ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गरेको छ भने चालू आर्थिक बर्षको लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार ८ सय ६७ रुपैया ३८ पैसा निर्धारण गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।

त्यस्तै बैठकले राजस्व न्यायाधिकरण काठमाडौंको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेलर्लाइ तोक्ने निर्णय गरेको छ भने अध्यागमन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तीक स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया