काठमाडौं उपत्यकामा हर्न प्रतिबन्धलाई प्रभावकारी बनाउँदै ट्राफिक प्रहरी

admin

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ ।

बिहीबार काठमाडौंमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजुदुर टे«ड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद घिमिरेले नो हर्ज प्लीज अभियानलाई पूर्णरुपमा लागू गर्ने बताउनुभएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालय २०७३ सालमा नो हर्ज प्लीज अभियान सुरु गरेपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।

ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनताचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताउनुभयो । उहाले सार्वजनिक यातायातलाई व्यवस्थीत गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सवै क्षेत्रमा सुधार देखिएपनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसेकेको बताउनुभयो । भक्तपुरदेखि काठमाडौसम्म द्रुतबसको सेवा सुरु गरेपनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उहाले बताउनुभयो । उहाले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया