जलवायु सम्मेलनमा भएका कमजोरी सुधार्ने प्रतिबद्धता: मन्त्री शाही

admin

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन(कोप २९) मा नेपालका तर्फ भएका कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने बताउनुभएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री ठकुरीले छोटो समयको तयारीका कारण कोपमा केहि कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताउनुभएको हो ।

सरकारले कोप जान कुनै बजेट बिनियोजन नगरेको र सीमित स्रोत र साधानका कारण अधिकतम रुपमा सरोकारवाला निकायलाई सहभागी गराउन नसकिएको उहाले बताउनुभयो । मन्त्री ठकुरीले ब्राजिलमा हुने आगामी कोप सम्मेलनका लागि पनि अहिलेदेखि नै तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाले कोपमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याहरु विश्वमाझ उजागर गर्न सफल भएको धारणा राख्नुभयो । विश्व जलवायु सम्मेलन (कोप २९) को समिक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा समितिले वन मन्त्रालयसंग छलफल गरेको हो ।

प्रतिक्रिया