काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अव बन्द नहुने बताउनुभएको छ ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा बर्षातको समयमा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अव बाह््रै महिना मेलम्चीको पानी आपूर्तिका लागि बिकल्प खोजिसकेको बताउनुभयो । उहाले मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्नेगरि तयारी भइरहेको बताउनुभयो । उहाले मेलम्ची पानी आपूर्तिमा उपत्यकाबासीको विश्वास हट्न नदिने जिकिर गर्नुभयो ।
असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिदै आएकोमा यस बर्ष आफ्नो पहलका कारण दशै अगाडी नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उहाले बताउनुभयो । मन्त्री यादवले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेकोमा विविध कारणले ३ देखि ४ करोड पानी बागमतिमा पठाइएको जानकारी दिनुभयो ।
उहाले जलस्रोत धनी मुलुक नेपालमा खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था अव नआउने बताउनुभयो । मन्त्री यादवले अव काठमाडौं उपत्यकामा खानेपानीको समस्या नहुने प्रतिवद्धता जनाउनुभयो ।