काठमाडौं । ’सत्य र न्यायको खोजी अभियान’ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गर्दै दोषीलाई कारवाही गर्न माग गरेको छ ।
शुक्रबार बार परिसर रामशाहपथमा पत्रकार सम्मेलन गर्दै अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले सहकारीजस्तो संवेदनशील मुद्दामा पीडितका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण हुनु निन्दनिय रहेको भन्दै दोषीलाई कारवाही गर्न माग गर्नुभयो ।
उहाले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण हुँदा पनि सरोकारवाला निकायले कुनै धारणा सार्वजनिक नहुनु दुखद भएको बताउनुभयो । त्रिपाठीमाथि आक्रमण गरेको सिसिटिभि फुटेज समेत स्पष्ट देखिएको भन्दै श्रेष्ठले दोषीर्लाइ अविलम्व कानूनी दायरामा ल्याउन माग गर्नुभयो ।
उहाले वरिष्ठ अधिवक्तामाथि भएको आक्रमण अदालतमाथिको आक्रमण भएको उल्लेख गर्नुभयो । वरिष्ठ अधिवक्तामाथि आक्रमण हुँदा बार एशोशियसन मौन रहनु उचित नभएको उहाको भनाइ छ ।
यहि बुधबार काठमाडौँ जिल्ला अदालतमा सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।