काठमाडौं । पश्चिमी वायुको न्यूनचापीय प्रणालीको आशिंक प्रभावले देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही राति उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।
बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम केही मात्रामा घटेको छ। शुक्रबार न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको शनिबार ४.३ डिग्री सेल्सियस मापन भएको छ।