२०८४ मा माओवादी पहिलो पार्टी बन्ने ‘प्रचण्ड’को दाबी

admin

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हासिल गरेर माओवादी पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।

माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादी आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दावी गर्नुभएको हो । गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उहाले उल्लेख गर्नुभयो ।

प्रचण्डले बिरोधीहरुले अब माओवादी कमजोर भयो भन्दै फैलाइएको अफवाहलाई चिर्दै अघि बढ्ने उद्घोष गर्नुभयो । उहाँले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गर्नुभयो ।

प्रचण्डले आफु नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई अघि बढाएपनि अहिलेको सरकारले त्यसलाई कमजोर पारेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया