काठमाडौं । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसलाई अधिकारसम्पन्न बनाउन अझै संघर्षको जरुरी रहेको बताउनुभएको छ ।
मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा शनिबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुकले संघियता पाएको र बाँकी अधिकार प्राप्तिकालागि अझै संघर्ष जरुरी रहेको बताउनुभएको हो ।
प्राप्त उपलब्धीलाई संस्थागत गर्दै चरणबद्ध रुपमा बाँकी अधिकारका लागि संघर्ष गर्नुपर्ने उहाले बताउनुभयो । मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुक संघियतामा प्रवेश गरेपनि प्रहरी प्रशासन तथा ठूलठूला काम गर्न संघकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भईरहेको बताउनुभयो ।
त्यस्तै उहाले शहीदहरुको परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाउदैे शहीद परिवारका लागि रोजगारीको सिर्जना गर्न कानूनै बनाएर अगाडी बढ्ने उल्लेख गर्नुभयो ।